काठमाडौं, बीमा समितिले बीमा कम्पनीहरुलाई उधारोमा बीमा नगर्न निर्देशन दिएको छ । समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई छु्ट्टा छुटै एक सर्कुलर जारी गर्दै त्यस्तो निर्देशन दिएको हो ।
कानुनले बर्जित गरिएको उधारो बीमा गर्ने वा चेक मार्फत प्राप्त हुने बीमाशुल्क बापतको रकम बीमकको बैंक खाता प्राप्त नभैकन बीमालेख जारी गर्ने गरेको भन्ने गुणासो र उजुरी परेपछि समितिले उक्त निर्देशन दिएको हो ।
समितिले बीमा ऐन २०४९ मा कुनैपनि बीमकले कुनैपनि किसिमको बीमा व्यवस्था गर्दा लिइने बीमा वापतको शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुदैन ।
बीमाशुल्क बापतको रकम बैंकमार्फत प्राप्त भएपछि मात्रै बीमालेख जारी गर्न निर्देशन दिएको छ ।
समितिको निर्देशनलाई वर्खिलाप हुनेगरी बीमालेख जारी गरेको पाइएमा कानुन बमोजिम कारवाही गर्ने समितिले चेतावनी दिएको छ ।
प्रतिक्रिया