काठमाडौं, जनरल इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय हात्तीसार काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । सभाले आव २०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।
साथै सभाले आव २०७७र ७८ को लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकमा अमृत बञ्जाडे र सरस्वती गौतम ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेको छ ।
प्रतिक्रिया