राष्ट्रिय वाणिज्य बैंकको नवनियुक्त अध्यक्ष पुडासैनीले लिए पद तथा गोपनीयताको शपथ

मंगलबार, २२ असार २०७८, ०८ : १३

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

बैंक संचालक समितिको आईतबार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । यसअघिका अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । 

नवनियुक्त अध्यक्ष पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुन् ।

मंगलबार, २२ असार २०७८, ०८ : १३

प्रतिक्रिया