समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा आउदै, न्यूनतम मूल्य कति ?

मंगलबार, २२ असार २०७८, ०९ : १४

काठमाडौं - समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ । कम्पनीले असार २९ गतेदेखि ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक शेयर विक्री खुला गर्ने भएको हो ।

कम्पनीले अवितरित हकप्रद शेयर विक्री गर्न लागेको हो । कम्पनीले गत असार ३ गतेदेखि १० गतेसम्म हकप्रद शेयर विक्री खुला गरेको थियो ।

उक्त शेयर खरीदका लागि असार साउन ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । शेयरको न्यूनतम मूल्य १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

मंगलबार, २२ असार २०७८, ०९ : १४

प्रतिक्रिया