काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था विशेष सधारण सभाले नेपाल एग्रो लघुवित्तलाई ९८ रुपैयाँमा प्राप्ति गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सोमबार सम्पन्न भएको उक्त सभाले यस्तो स्वीकृत गरेको हो ।
२०७७ माघ २६ गते दुबै संस्थाको तर्फबाट एक्विजिशन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएकोमा सोमबार दुबै कम्पनीको विशेष साधारण सभाबाट सो सम्झौतालाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।
दुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन ९डिडिए० बाट कायम हुन आएको १०० बराबर ९८ अर्थात ९१ः०.९८० शेयर अनुपातमा एक आपमा गाभ्ने गाभिने सम्झौतालाई विशेष साधारण सभाबाट अनुमोदन भएको हो ।
यस सँगै अब केन्द्रीय बैंकबाट अन्तिम स्वीकृति पछि एकीकृत कारोबारको मिति तय हुनेछ । एक्विजिसनपछि बन्ने संस्थाको नाम इन्फिनिटी नै हुनेछ भने सीईओ तथा सञ्चालक समिति पनि इन्फिनिटीबाट नै रहनेछ ।
प्रतिक्रिया