काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत एक अर्ब रुपैंया (दश करोड ईकाई) को आरविवि म्युचुअल फण्ड–१ बिक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले यही असार २३ गते बुधबार देखि बिक्री खुल्ला गर्ने भएको हो । यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
यो एक बन्दमूखि योजना हो । यो योजनाको अवधि ७ वर्ष रहनेछ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ (तेह्र) प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ ।
प्रति ईकाई मुल्य १० रुपैंया रहेको म्युचल फण्डमा अधिकतम एक करोड ईकाई संख्यासम्म लगानी गर्न सकिनेछ ।
प्रतिक्रिया