काठमाडौं - लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकले एक सूचना जारी गर्दै केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले उक्त सेयरहरू बिक्री गर्न लागेको जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिइएको छ ।
संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ ।
प्रतिक्रिया