काठमाडौं, नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तको आज (बुधबार) देखि एकीकृत कारोबार सुरु भएको छ ।
नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई एक्विजिसन गरेर एकीकृत कारोबार सुरु गरेको हो । एक्वायर पश्चात नेशनल माइक्रोफाइनान्सको नामबाट सेयर कारोबार सुरु भएको हो ।
दुवै कम्पनीको असार २५ गते सम्पन्न विशेष साधारण सभाले नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते एक्विजिसन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो ।
नेशनल माइक्रोफाइनान्सले १००ः६८ अनुपातमा महिला सहयात्रालाई प्राप्ति गरेको हो ।
प्रतिक्रिया