काठमाडौं, नेको इन्सुरेन्सको साधारण सभा भोलि (बिहीबार) हुने भएको छ । सभा नेकोको भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
कम्पनीले १५.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । नेकोले हाल कायम १ अर्ब ३१ करोड ७४ लाख ३२ रुपैयाँ चुक्ता पुँजीमा यो बोनस सेयर प्रस्ताव गरेको हो । प्रस्तावित बोनस वितरणपछि पुँजी १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ पुग्नेछ ।
यस्तै, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि असार १८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरिएको छ । असार १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
प्रतिक्रिया