बोनस सेयर वितरणको प्रस्ताव पारित गर्दै सम्पन्न भयो सगरमाथा इन्स्योरेन्सको साधारण सभा, कति प्रतिशत ?

बुधबार, ३० असार २०७८, १५ : ०६

काठमाडौं - बोनस सेयर  वितरण गर्ने प्रस्ताव पारित गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

कम्पनीको प्रधान कार्यालय, नक्साल, काठमाडौंमा बिहान भिडियो कन्फरेन्स माध्यमबाट सभा सम्पन्न भएको हो । संचालक समितिबाट प्रस्ताव भए बमोजिम कम्पनीको हालको चुक्ता पूँजीको ११ प्रतिशतसेयर बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

त्यसैगरी, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहित वासलात नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्नुका साथै, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरेको हो ।

बुधबार, ३० असार २०७८, १५ : ०६

प्रतिक्रिया