काठमाडौं, एभरेष्ट बैंक लिमिटेडले २०७२ साल असार ३१ गते जारी गरेको “८% एभरेष्ट बैंक ऋणपत्र २०७८” को अवधि यहि असार ३१ गते समाप्त हुने भएको छ । बैंकले प्रतिऋणपत्र रू। १ हजार अंकित दरको ६ लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।
उक्त ऋणपत्रको अवधि समाप्त हुने भएसँगै बैंकले अन्तिम साँवा ब्याज भुक्तानीका लागि सम्बन्धीत ऋणपत्र धनीहरुलाई आवश्यक कागजात र विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
बैंकले काठमाडौं भित्रका ऋणपत्रधनीहरुलाई एभरेष्ट बैंकको मुख्य कार्यालय, लाजिम्पाट, काठमाडौं र काठमाडौं वाहिर रहेका ऋणपत्रधनीहरुलाई आफुलाई पायक पर्ने एभरेष्ट बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राखी आवश्यक कागजात बुझाउन भनेको हो ।
अन्तिम साँवा ब्याज प्राप्त गर्नका लागि सम्बन्धीत ऋणपत्र धनीहरुले ऋणपत्रको सक्कल प्रमाणपत्र, नेपाल नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपि र बैंक खाताको विवरण बुझाउन बैंकले आग्रह गरेको हो ।
प्रतिक्रिया