नेपाल राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक, कसरी गर्ने डाउनलोड ?

बुधबार, ३० असार २०७८, १६ : ५१

काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (असार ३० गते) नेपाल राष्ट्र बैंक (Nepal Rastra  Bank) मोबाइल एप सार्वजनिक गरेको छ । आज आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गरेका हुन् । 

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन  प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ । मोबाइल एपको  प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।  

उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको  आधारमा यसलाई थप परिस्कृत गर्दै लगिनेछ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम  रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिनेछ । याे उल्लेखित ( https://play.google.com/store/apps/details?id=np.org.nrb&hl=en)लिङ्कमार्फत र्एन्ड्रोइड मोबाइलमा उक्त एप इन्स्टल गर्न  सकिनेछ ।  

बुधबार, ३० असार २०७८, १६ : ५१

प्रतिक्रिया