नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा बढ्यो, बिमा शुल्कको अवस्था कस्तो ?

शुक्रबार, ०१ साउन २०७८, ०८ : ४३

काठमाडौं - नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको आवको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 

सार्वजनिक भएको वित्तिय विवरण अनुसार कम्पनीको मूनाफामा सामान्य बृद्धि देखिएको छ ।अघिल्लो वर्ष यसैअवधिमा कम्पनीले ९१ करोड ६१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यो मुनाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा १.०५ प्रतिशतले बढि हो ।

तेस्रो त्रेमाससम्ममा कम्पनीले कमाएको खुद मुनाफामा निर्जीवन बीमा व्यवसायबाट ८२ करोड ४७ लाख रुपैयाँ र जीवन बीमा व्यवसाय १० करोड १० लाख रुपैयाँ बराबरको योगदान रहेको छ ।

कम्पनीको खुद बिमा शुल्कमा पनि आकर्षक वृद्धि भएको छ । तेस्रो त्रैमाससम्ममा खुद बिमा शुल्क १९.९४ प्रतिशतले बढेर ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले ४ अर्ब ९४ करोड ७ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । खुद बिमा शुल्कमा आएको वृद्धिले पनि नाफा बढाउन सहयोग गरेको हो । 

चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। कम्पनीले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्ताहरुलाई १६.५० प्रतिशत बोनश सेयर र ३.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको बार्षिकृत प्रतिसेयर आम्दानी ९ईपिएस० १२ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ ५ पैसा र प्रतिसेयर कुल सम्पतीको मूल्य २७३.९९ रुपैयाँ रहेको छ ।

शुक्रबार, ०१ साउन २०७८, ०८ : ४३

प्रतिक्रिया