काठमाडौं, चालु आर्थिक वर्षको जेठ सम्ममा नेपालमा बैंक तथा वित्तिय संस्थाको संख्या साढे १० हजार भन्दा बढी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर १० हजार ६११ बैंक तथा वित्तिय संस्थाको शाखा रहेका छन् । गत वर्षको सोही अवधीसम्म देशभर ९ हजार ७६५ बैंक तथा वित्तिय शाखा रहेका थिए ।
राष्ट्र बैंकको विवरण अनुसार हाल नेपालमा २७ वटा वाणिज्य बैंक रहेकोमा आवको जेठ मसान्तसम्ममा ४ हजार ६९४ शाखा रहेका छन् । गत वर्षको सोही अवधीमा २७ वाणिज्य बैंकको ४ हजार ४३६ शाखा रहेका थिए ।
यस्तै, चालु आवको जेठ मसान्तसम्ममा विकास बैंकका १ हजार १६ वटा शाखा काार्यालय रहेका छन् । हाल नेपालमा १८ वटा विकास बैंक रहेका छन् । गत आवको सोही अवधीसम्ममा १ हजार २९ वटा विकास बैंकका शाखा रहेका थिए ।
यसैगरी, साही अवधीसम्म देशभर रहेका २० वित्त कम्पनीको २ सय ६४ शाखा रहेका छन् भने ७२ वटा लघुवित्त वित्तिय संस्थाको ४ हजार ६३७ शाखा कार्यालय रहेका छन् ।
प्रतिक्रिया