काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा पुन: नियुक्त गरेको हो ।
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबि क्यापिटल लिमिटेडबीच असार २८ गते सम्पन्न सम्झौता बमोजिम एनएमबि क्यापिटल लिमिटेडलाई कम्पनीको सेयर रजिष्ट्रारमा पुन: नियुक्ती गरिएको छ ।
कम्पनीले आजबाट लागू हुने गरी आगामी २ वर्षका लागि कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा पुन: नियुक्ती गरेको छ ।
प्रतिक्रिया