काठमाडौं, प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को बरहथवा नगरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको छ ।
यस वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि ११ वटा शाखा तथा ४ वटा एक्सटेन्शन कार्यालयहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछ ।
यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाहरुबाट समेत प्रवाह गरिनेछ ।
एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।
प्रतिक्रिया