काठमाडौं - एनएमबि क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ0 कार्यकाल सकिएको छ । असार ३१ गते बिहीबारबाट सीइओ श्रीजेश घिमिरेको कार्यकाल सकिएको हो ।
उनको कार्यकाल सकिए सँगै अर्को व्यवस्था नभएसम्म कम्पनीका नायव महाप्रबन्धक कमल प्रसाद नेपाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
असार २० गते, बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्को नेपाललाई श्रावण १ गतेदेखि लागू हुनेगरी निमित्त प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्नेगरी जिम्मेवारी तोकेको हो ।
प्रतिक्रिया