बीमा समितिले सञ्चालनमा ल्यायो आईआरएमआईएस नामक एकीकृत सफ्टवेयर

शुक्रबार, ०१ साउन २०७८, १५ : ११

काठमाडौं - बीमा समितिले इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिलाई उच्च प्राथमकितामा राख्दै समितिले आजदेखि औपचारिक रुपमा सफ्टवेयर सञ्चालनमा ल्याएको हो ।

समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले उक्त सफ्टवेयरको उद्धघाटन गरेका हुन् । समितिले बीमा कम्पनीबाट प्राप्त हुने सबै खालका प्रतिवेदन अनलाइनबाटै उपलब्ध गराउनका लागि एकिकृत सफ्टवेयर सञ्चालनमा ल्याएको बताएको छ ।

यो सँगै साउन १५ गतेदेखि कम्पनीहरुले मासिक रुपमा बुझाउने प्रतिवेदन सोही सफ्टवेयरमार्फत पठाउने समितिले जनाएको छ । बीमकहरुले त्रैमासिक वित्तीय विवरण, बार्षिक प्रतिवेदन लगाएतका सम्पूर्ण विवरण तथा अन्य प्रतिवेदन कागजी प्रक्रियामा नभै उक्त सफ्टवेयरमार्फत अनलाइन माध्यमबाट पठाउन सक्नेछन् ।

उक्त सफ्टवेयरमार्फत बीमालेख तथा बीमाङ्की, अण्डरराइटिङ, वित्तीय लेखापरिक्षण, सूचना प्रविधि सम्बन्धी विवरण, स्थलगत सुरपरिवेक्षण, कृषि तथा लघु बीमा, पुनर्बीमा, अभिकर्ता इजाजत लगायतका सम्पूर्ण विवरणहरु प्राप्त गर्न सक्ने समितिले जनाएको छ ।

शुक्रबार, ०१ साउन २०७८, १५ : ११

प्रतिक्रिया