काठमाडौं, आर्थिक वर्ष ०७७/०७८ को ११ महिनामा ३ खर्ब भन्दा बढी भारतीय रुपैंया खरिद भएको छ । सो अवधीसम्म बैकहरु रु.३ खर्ब ६ अर्ब २३ करोड ५० लाख बराबरको भारतीय रुपैंया खरिद गरेको छ । गत वर्षको सोही अवधीसम्म बैंकहरुले रु. २ खर्ब ५० अर्ब ६४ करोड १० लाख बराबरको भारु खरिद गरेका थिए । यस वर्षको सोही अवधीसम्म सो रकम रु. ५५ अर्ब ५९ करोडले बढी हो । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो हो ।
राष्ट्र बैंकको तथ्यांक अनुसार, आव ०७७/०७८ को पहिलो महिनामा बैंकहरु रु. २३ अर्ब ९८ करोड बराबरको भारु खरिद गरेका छन् । गत वर्षको अवधीमा रु. २९ अर्ब २५ करोड ५० लाख बराबरको भारु खरिद भएको हो ।
यस्तै, आव ०७७/०७८ भदौमा बैकहरुले रु. १६ अर्ब २६ करोड, असोजमा रु.२२ अर्ब ३ करोड, कात्तिकमा रु.२८ अर्ब १५ करोड र मंसिरमा रु.२९ अर्ब ५४ करोड बराबरको भारु खरिद भएको छ ।
यसैगरी, पुस महिनामा रु.३० अर्ब ८४ करोड,माघमा रु. २६ अर्ब ८४ करोड, फागुनमा रु. ३२ अर्ब ३ करोड,चैतमा रु. ४३ अर्ब ७८ करोड, वैशाखमा रु. ३७ अर्ब २७ करोड र जेठ मसान्त सम्म रु.१६ अर्ब २ करोड भारु खरिद भएको छ ।
राष्ट्र बैंकको तथ्यांक हेर्दा सबैभन्दा बढी चैत महिनामा र कम जेठ महिनामा खरिद गरिएको छ ।
प्रतिक्रिया