सिभिल बैंकद्धारा सबैभन्दा बढि व्याज दिने २ वटा नयाँ बचत योजना सार्वजनिक, कति प्रतिशत

शनिबार, ०२ साउन २०७८, ०८ : १५

काठमाडौं - सिभिल बैंकले निक्षेपकर्तालाई सबैभन्दा धेरै व्याज दिने गरी २ वटा नयाँ बचत योजना सार्वजनिक गरेको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी बैंकले सुपर सेभिङ अकाउण्ट र खुत्रुके खाता सञ्चालनमा ल्याएको जनाएको हो ।

हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै व्याज दिने जनाउदै बैंकले १ महिना अवधिका लागि यस्तो खाता सञ्चालनमा ल्याएको हो । सुपर सेभिङ एकाउण्टमा ६.०१ प्रतिशत र खुत्रुके खातामा ७.०१ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।

न्यूनतम २५ हजार रुपैयाँबाट सुरु गर्न सकिने सुपर सेभिङ एकाउण्टमा क्यान्सर लगायत ६ वटा प्राणघातक रोगको बीमा समेत गरिने बैंकले जनाएको छ । सञ्चालनमा ल्याएको यी २ वटा बचत खाता योजना साउनको अन्तिमसम्म खाता खोल्ने र बचत गर्नलाई तोकेको ब्याजदर दिने बैंकले जनाएको छ । 

एक महिना पछि भने बजारको अवस्था अनुसार ब्याजदर परिवर्तन हुने पनि बैंकले जनाएको छ ।

शनिबार, ०२ साउन २०७८, ०८ : १५

प्रतिक्रिया