प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने

शनिबार, ०२ साउन २०७८, ०८ : ४०

काठमाडौं - अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रूपैयाँ बोनस प्रदान गर्ने भएको छ । एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको हो । 

यो बोनस अफर पहिलो पटक प्राईम बैंक अकाउन्ट खल्ती सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागु हुन्छ । लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती प्थ्ऋ अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसैगरी, प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाईल नम्बर एउटै हुनुपर्नेछ । 

उक्त लिंक गरिएको प्राईम बैंक अकाउन्टबाट खल्तीमा निस्शुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केही सेकेण्ड भित्रै जुनसुकै समयमा गर्न सकिन्छ । यो योजना जुलाई १६ देखि ३१ तारीखसम्म खल्तीसँग प्राईम बैंक लिंक गर्ने जो कोहीलाई लागू हुन्छ । 

शनिबार, ०२ साउन २०७८, ०८ : ४०

प्रतिक्रिया