एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल

शनिबार, ०२ साउन २०७८, १० : २३

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले ढकाललाई हिजै देखि लागू हुने गरी अध्यक्षमा नियुक्त गरेको हो ।

ढकालसँग आईसीआईसी बैंक भारत र डेलोइट इन्डिया (बिग–४) मा समेत काम गरेको अनुभव छ । उनी यसअघि हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत पनि भईसकेका व्यक्ति हुन् । 

ढकाल एआआईसी एशिया बैंकको बिजनेश प्रेशेस रि–इन्जिनियरिङ विभागको प्रमुखको भूमीकाबाट एनआईसी एशियामा प्रवेश गरेका थिए । उनीसँग १२ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । 

ढकाल हाल एनआईसी एशिया लघुवित्तको पनि अध्यक्ष छन् ।

शनिबार, ०२ साउन २०७८, १० : २३

प्रतिक्रिया