ग्लोबल आइएमई बैंकले ल्यायो ७.९९ प्रतिशत व्याजमा विशेष आवासको कर्जा योजना

शनिबार, ०२ साउन २०७८, ११ : ५७

काठमाडौं - ग्लोबल इएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियमसहित) आकर्षक व्याजदरमा विशेष आवास कर्जा योजना ल्याएको छ । 

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको हो ।

यो योजना अन्य बैंकबाट किस्तामा ऋण लिएका सेवाग्राहीमा लागू हुनेछ । योजनामार्फत अन्य बैंकबाट किस्ता लिएर घर बनाएका सर्वसाधारणले कर्जा बैंकमा सार्न सक्छन् । 

योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मका लागि एककरोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

ग्राहकहरुले नेपालभरी ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् । सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुलाई बैंकले अनुरोध गरेको छ ।

शनिबार, ०२ साउन २०७८, ११ : ५७

प्रतिक्रिया