काठमाडौं, गत वर्ष तीन हजार एक सय ६८ किलो सुन आयात भएको छ। भन्सार विभागका अनुसार अघिल्लो वर्ष जम्मा सुनको आयात १६ सय ५० किलो मात्रै रहेको थियो। जुन अघिल्लो वर्षको तुलनामा गत वर्षको आयात ९२ प्रतिशत बढी हो।
गत वर्ष २२ अर्ब रुपैयाँको सुन आयत भएको थियो। उक्त रकम बराबरको सुन आयात हुँदा सरकारले राजस्व स्वरूप तीन अर्ब ९९ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ। जबकि अघिल्लो वर्ष नौ अर्ब २८ करोड रुपैयाँको मात्रै सुन आयात हुँदा राजस्व तर्फ उठ्ने रकम एक अर्ब तीन करोड थियो। जुन अघिल्लो वर्षको तुलनामा गत वर्ष आयत रकम १३७.६८ प्रतिशत बढ्दा राजस्वमा २८५.७७ प्रतिशतको वृद्धि देखिएको छ।
गत वर्ष भने कोभिडको कारण पसलहरू थोरै समय बन्द भएपनि मागमा भने थोरै वृद्धि देखियो। नयाँ मूल्यमा उपभोक्ता अभ्यस्त हुँदै जानु र कोभिडको बीचमा सुनको मूल्य थप बढ्ने अनुमानका कारण समेत उपभोक्ताले थोरै माग बढाएकाले सुनको मागमा वृद्धि देखिएको छ ।
प्रतिक्रिया