सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सोमबार, ११ साउन २०७८, ११ : ०६

काठमाडौं - आज सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । गत आइतबारको तुलनामा आज १०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला ९२  हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार हुने भएको छ । 

आज तेजावी सुन ९१ हजार ६०० रुपैँयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । 

आइतबार प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

सोमबार, ११ साउन २०७८, ११ : ०६

प्रतिक्रिया