उपत्यकामा झन्डै एक हजार संक्रमित थपिए, कुन जिल्लामा कति ?

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा उपत्यकामा ९९९ जना कोरोना संक्रमित देखिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ६७७ जनामा, ललितपुरमा १९७ जनामा भक्तपुरमा १२५ जनामा संक्रमण देखिएको छ। 

आज उपत्यका बाहिरका चार जिल्लामा पनि सयभन्दा बढी संक्रमित थपिएका छन्। झापामा ३१४, मोरङमा १२०, सुनसरीमा १०६ र नवलपरासी (पूर्व)मा १०५ जनामा कोरोना  पुष्टि भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया