नेपाली बजारमा हिजो घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२ बर्ष अगाडि

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा आज प्रतितोला ३०० रुपैयाँले बढेको हो ।  

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार हुँदै छ । 

आज तेजाबी सुन ९१ हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ ।  

मंगलबार एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार २५५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया