प्रसिद्ध अर्बपतिलाई १८ वर्ष जेलसजाय, ३१ लाख १० हजार युआन जरिवाना

२ बर्ष अगाडि

एजेन्सी ।  चीनले एक प्रसिद्ध अर्बपतिलाई १८ वर्षका लागि जेलसजाय गरेको छ । सन दावूले उत्तरी हेबेई प्रान्तमा रहेको देशका सबैभन्दा ठूलामध्ये एक निजी कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

८७ वर्षीय सनले विगतमा मानव अधिकार तथा राजनीतिक रूपमा संवेदनशील विषयहरूका बारेमा बोलेका थिए । झैझगडा शुरू गरेको र समस्या निम्त्याएको आरोपमा उनलाई दोषी पाइएको छ । 

उनीमाथि लगाइएका अन्य आरोपमा गैरकानूनी रूपमा खेत कब्जा गरेको, राज्यका निकायहरूमाथि आक्रमणका लागि भिड जम्मा पारेको र सरकारी मजदुरहरूको काममा अवरोध पुर्‍याएको लगायत छन् ।

उनलाई ३१ लाख १० हजार युआन जरिवाना पनि तिर्न लगाइएको छ । अर्बपति सनको कम्पनी चीनका ठूला कम्पनीमा पर्छ जुन कम्पनीले मासु प्रशोधनदेखि घरपालुवा जनावरका खाना उत्पादन र विद्यालय तथा अस्पताल क्षेत्रसम्ममा काम गर्छ ।

सरकारी स्वामित्वको एउटा फार्मसँग जग्गासम्बन्धी विवादलाई लिएर गत वर्ष नै २० जना आफन्त तथा व्यापार सहयोगीसहित सनलाई गिरफ्तार गरिएको बताइएको छ । समाचार संस्था एएफपीका अनुसार त्यति बेला उनले प्रहरीबाट आफ्ना दर्जनौँ कामदार घाइते भएको बताएका थिए ।

चिनियाँ सरकारले देशका व्यापारी तथा उद्योगपतिमाथि कारबाही गर्दै आएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया