५०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहिबारको तुलनामा आज प्रतितोला ५०० रुपैयाँले बढेको हो ।  

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार हुँदै छ । 

आज तेजाबी सुन ९२ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  

विहिबार एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार २८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया