विज्ञापन प्रकाशन, अनुगमन र भुक्तानीको कार्य जिल्ला हुलाक कार्यालय मार्फत गरिने

२ बर्ष अगाडि

काठमाडौं - विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन प्रकाशन तथा प्रसारणको अनुगमन र भुक्तानीको सम्पूर्ण कार्य जिल्ला हुलाक कार्यालय मार्फत गर्ने भएको छ । साउन ५ गते बसेको विज्ञापन बोर्डको बैठकले उक्त निर्णय गरेको हो । 

बोर्डले विद्युतीय तथा छापा माध्यमबाट प्रकाशन हुने लोककल्याणकारी विज्ञापन सम्बन्धी छुट्टा छुट्टै मापदण्डको स्वीकृत पनि दिएको छ  । साथै उक्त बैठकले चालु आर्थिक वर्षको साउन महिनामा प्रकाशन भएका पत्रपत्रिकाले भाद्र ७ गते भित्र सम्बन्धित जिल्लाका हुलाक कार्यालयमा बिल पेश गरि जिल्ला अनुगमन तथा समितिको सिफारिसमा भुक्तानी गर्ने निर्णय गरेको छ । 

देशभरका ७७ वटै जिल्ला हुलाक कार्यालयका प्रमुखहरूको सहभागी रहेको उक्त बैठकमा हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले सबै कार्यालयका प्रमुखहरूलाई लोककल्याणकारी विज्ञापनको प्रकाशन तथा प्रसारणको काममा बोर्डलाई सहयोग गर्न आग्रह गरिन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया