भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन

शनिबार, २१ असार २०८२, ११ : १६

काठमाडौं- भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन गरेको छ । 

शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रज्ञाका उपकुलपति ईन्द्रप्रसाद रेग्मी, शिक्षा महाशाखा प्रमुख सुवाषचन्द्र आचार्यले संयुक्त रुपमा विमोचन गरेका हुन्।

भरतपुर महानगरपालिकाले कला साहित्य क्षेत्रको समग्र विकास र व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिरहेको दाहालले जानकारी दिईन् । उनले भनिन्, “प्रज्ञाप्रतिष्ठान गठनका लागि तपाईंहरुको रचनात्मक सहयोग र सुझाव आवश्यक छ ।”

कृतिमा चितवन जिल्लाका कवि, लेखक, पत्रकार, समालोचक र अन्वेषकका विभिन्न सामग्रीहरू संग्रहित छन् ।

महानगर वाङ्मय कोशमा चितवनका कला, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने साहित्यकार, कलाकार, संगितकारहरुको चिनारी समावेश गरिएको छ ।  

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ईन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
शनिबार, २१ असार २०८२, ११ : १६

प्रतिक्रिया