अनलाइन मार्फत बीमा शुल्क बुझाउन प्रोत्साहन गर्नका लागि इसेवाले आकर्षक क्यासब्याक योजना ल्याएको छ ।
बिमितहरूले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको शून्य दशमलव ३५ प्रतिशत देखि १ हजारसम्मको आकर्षक क्यासब्याक दिने योजना ल्याएको हो ।
कात्तिक मसान्तसम्म सञ्चालन हुने यो योजनामा नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्ने जो कोही पनि सहभागी हुन सकिने भुक्तानी सेवा प्रदायक इसेवाले जनाएको छ।
यस्तै इसेवाले त्यस्ता भुक्तानीकर्ताका लागि बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने योजना पनि ल्याएको छ । योजनामा सहभागी हुन आफ्नो बीमा शुल्क भुक्तानी गर्नुपर्ने मितिको एक हप्ता भित्र शुल्क भुक्तानी गर्नुपर्नेछ।
त्यस्ता भुक्तानीकर्तालाई गोलाप्रथाको माध्यमबाट आइफोन विजेता छानीने जनाइएको छ ।
हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट रहेका छन् भने इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन्।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।
प्रतिक्रिया