आकर्षक तलबसहित बहराइन ८० महिला सहित २०० नेपाली कामदारको माग, के के छन् सुविधा ?

२ बर्ष अगाडि

काठमाडौं, बहराइनले नेपाली कामदारको माग गरेको छ । बहराइन सहरको I CLEAN SERVICES S.P.C नामक एक कम्पनीले ८० महिलासहित २०० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३१ हजार माथि देखि ६८ हजार सम्म पाउनेछन् । इच्छुक कामदारले Nice Recuiting Agency Pvt.Ltd. Samakhusi काठमाडौंमा भदौ २९ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहार्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया