पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार बढीमा कोरोना खोप, कुल कतिले लगाए खोप ?

२ बर्ष अगाडि

काठमाडाैं, पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । जनस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ लाख ३८ हजार ३८५ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् । योसंगै पहिलो र दोस्रो मात्राको खोप लगाउनेको कुल  संख्या १ करोड २१ लाख ५४ हजार १८ पुगेको छ । 

हालसम्म मुलुकभर  ६२ लाख ९३ हजार ८९ जनाले कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाइसकेका छन् भने ५८ लाख ६० हजार ९२९ जनाले पूर्ण रुपमा कोरोना विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटले यस्तो देखाएको हो ।


हालसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, जेन्सोन एण्ड जेन्सोन, अस्ट्राजेनिका खोप प्रयोगमा आईसकेका छन् । यी खोपहरु मध्ये पछिल्लो २४  घण्टामा अष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्रा १५ हजार ६० जनाले लगाएका छन् भने दोस्रो मात्राको खोप ७ हजार ११८ जनाले लगाएका हुन् ।

यस्तै, सोही अवधीसम्म भेरोसेलको पहिलो मात्रा लगाउने १५ हजार २४९ तथा दोस्रो मात्रा लगाउने ९८ हजार ३०६ जना रहेका छन् । यसैगरी जोन्सोन एण्ड जोन्सोन खोपको लगाउनको संख्या २ हजार ६५२ रहेको छ । 

देशभर अष्ट्राजेनिका र कोभिसिल्डको पहिलो मात्राको खोप लगाउनेको संख्या २६ लाख ५१ हजार ८८३ रहेको छ भने दोस्रो मात्राको खोप लगाउने १४ लाख ९५ हजार ५५३ रहेको छ । 

यस्तै, भेरोसेलको पहिलो मात्राको खोप लगाउनेको कुल संख्या ३६ लाख ४१ हजार २०६ तथा दोस्रो मात्रा लगाउनेको संख्या २९ लाख २१ हजार ९८९ रहेको छ ।

यसैगरी जोन्सोन एण्ड जोन्सोन खोपको लगाउनको कुल संख्या १४ लाख ४३ हजार ३८७ रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया