अब एम बैंकसंग आबद्ध ४५० बढि सहकारीमा थप डिजिटल कारोबार गर्न सकिने

शनिबार, २३ असोज २०७८, १४ : ०९

काठमाडौं - इसेवा र एम बैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ । सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो । 

सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४५० बढि सहकारीमा अबदेखि थप डिजिटल रूपमा भुक्तानी गर्न सकिनेछ । इसेवासँगको सहकार्यसँगै अबदेखि एम बैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्स्फर, इसेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, सेयर खरिदको भुक्तानी, मेरो सेयररडिम्याट नविकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानी लगायतका सेवा उपयोग गर्न पाइनेछ । 

हाल स्क्यान एण्ड पे सेवाको सुरूवात भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुनेछन् ।

शनिबार, २३ असोज २०७८, १४ : ०९

प्रतिक्रिया