दशैँ तिहारको बिदामा पनि टेलिकमका ग्राहक सेवा केन्द्र खुल्ला रहने

२ बर्ष अगाडि

काठमाडौं - नेपाल टेलिकमका ग्राहक सेवा केन्द्र विजया दशमी तथा शुभदिपावलीको बिदामा पनि खुला रहने भएका छन् ।

टेलिकमको महसुल भुक्तानी तथा नयाँ सिमसँगै परिवर्तनका लागि ग्राहक सेवा केन्द्रका काउन्टर खुला नै रहने जानकारी दिइएको छ ।

टेलिकम, प्रादेशिक निर्देशनालय बागमतीले जारी गरेको सूचना अनुसार दूरसञ्चार कार्यालय सुन्धारा, चाबहिल, गोंगबु, पाटन, ठिमी, बनेपा, बाह्रबिसे, चरिकोट, मन्थली, सिन्धुली, हेटौडा, भरतपुर र धादिङमा रहेका काउन्टर दसैंतिहार बिदामा पनि खुला रहनेछन् ।

ती काउन्टर २७ र २८ असोज तथा १९ कात्तिकमा पनि खुला रहनेछन् । यद्यपि, सो अधिमा बिहान ११ देखि दिउँसो २ बजेसम्म मात्र सेवा सञ्चालन हुने टेलिकमले जानकारी दिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया