नेपाल टेलिकमको अटम अफर, यस्ता छन् आकर्षक सुविधा

२ बर्ष अगाडि

नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ । सो अफर कार्तिक १ देखि ९० दिन लागु हुने छ ।

सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर स् अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ । यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ । यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले रु। २९९ मा प्रतिदिन १ जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एड अन प्याक को रुपमा खरिद गर्न सक्नेछन् ।
  
प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा ६४ केबिपिएसको अनलिमिटेड डाटा सेवा उपलब्ध हुनेछ जसमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन । यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा रु. ३० मा १ जिबी, रु. ४० मा २ जिबी र रु.५० मा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड अन प्याक कै रुपमा खरिद गर्न सक्नेछन् । 

यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक रु. ५९९ मा खरिद गर्न सक्नेछन् । यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा रु. २९९ मा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सक्नेछन् । यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जिबी डाटा सकिएमा कम्पनीले ६४ केबिपिएस अनलिमिटेड डाटा सेवा उपलब्ध गराउनेछ । सो भन्दा बढी गतिको सेवा लिन चाहेमा जम्मा रु. ३० मा १ जिबी, रु. ४० मा २ जिबी र रु. ५० मा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड अन प्याक कै रुपमा खरिद गर्न सकिनेछ । 

सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर 
यसमा जम्मा रु. ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध १ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड अन प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर 
 यसमा जम्मा रु. ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिनेछ । प्रतिदिनका लागि उपलब्ध २ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड अन प्याक खरिद गर्न सकिनेछ ।

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर
यसमा जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ । प्रतिदिनका लागि उपलब्ध ४ जिबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित एड अन प्याक खरिद गर्न सकिनेछ ।

सस्तो प्रिपेड कम्बो प्याक 
यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जिबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ ।
  
सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक
यसमा जम्मा रु। ५९९ मा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिनुभएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहनुभएमा जम्मा रु। २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने एड अन प्याक खरिद गर्न सक्नेछन् ।

एफटीटीएच आइपिटिभी अफर 
यसैगरी एफटीटीएच आइपिटिभी अफर–२०७८ मा कम्पनीको एफटीटीएच अन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डाटा र टिभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध  हुनेछ । यस अन्तर्गत २५ एमबिपिएस व्याण्डविथ वार्षिक जम्मा रु. १५,९८० मा प्राप्त हुनेछ । यही सेवा वर्षको ४० एमबिपिएस रु. १७,१०० र ८० एमबिपिएस रु. २२,५०० मा उपलब्ध हुनेछ । वार्षिक सेवा लिनेका लागि कम्पनीले क्भत त्यउ द्ययह (एसटिबी) उपलब्ध गराउने छ ।
 
यही सेवा ३ महिनाको लागि २५ एमबिपिएसको रु. ४,१०० मा ४० एमबिपिएसको रु।५,५०० मा र ८० एमबिपिएसको जम्मा रु. ७,२०० मा उपलब्ध हुनेछ । मासिक रुपमा सेवा लिंदा २५ एमबिपिएस रु. १,४००मा, ४० एमबिपिएस रु. १,८५० मा र ८० एमबिपिएस जम्मा रु. २,४५० मा उपलब्ध हुनेछ । 

एफटीटीएचमा उपलब्ध सेवाहरुमध्ये भ्वाइस र डाटा सेवा मात्र पनि सहुलियत दरमा प्राप्त गर्न सकिनेछ । यसमा २५ एमबिपिएस डाटा रु. १,०००मा, ४० एमबिपिएस डाटा रु. १,५०० मा र ८० एमबिपिएस डाटा रु. २,०००मा उपलब्ध हुनेछ । यी सेवाहरु ३ महिनाका लागि लिंदा २५ एमबिपिएस डाटा रु. २,८५० मा, ४० एमबिपिएस लिंदा रु. ४,२०० मा र ८० एमबिपिएसलाई रु. ५,५०० मा लिन सकिनेछ । यो सेवा वार्षिकरुपले लिंदा २५ एमबिपिएसको रु. १०,५०० मा, ४० एमबिपिएसको रु. १५,३०० मा र ८० एबिपिएसको रु. २०,५०० मा उपलब्ध हुनेछ ।

वार्षिक प्याकेज खरिदमा ग्राहकलाई थप सुविधाको रुपमा प्रतिदिन ३०० एमबी मोबाइल डाटा प्राप्त हुनेछ । यसैगरी मासिक, त्रैमासिक र वार्षिक प्याकेजहरुको खरिदमा क्रमशः २५० मिनेट, ७५० मिनेट र ३००० मिनेट अननेट फ्रि भ्वाइस कल सुविधा उपलब्ध हुनेछ । 

एफटीटीएचबाट डाटा सेवा मात्र लिन चाहने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस प्याक सुलभ दरमा उपलब्ध गराउने भएको छ । यसमा डाटा सेवा मात्र एक वर्षका लागि लिंदा ५० एमबिपिएसको रु.२४,८०० मा, ८० एमबिपिएसको रु.३२,८०० मा र १०० एमबिपिएसको रु.४०,८०० मा उपलब्ध हुनेछ । ३ महिनाको लागि डाटा सेवा लिंदा ५० एमबिपिएसको रु.१२,६०० मा, ८० एमबिपिएको रु. १६,५०० मा र १०० एमबिपिएसको रु. २०,००० मा उपलब्ध हुनेछ  । एक महिनाको लागि ५० एमबिपिएसको रु. ४,५०० मा, ८० एमबिपिएसको रु.६,००० मा र १०० एमबिपिएसको रु. ७,५०० मा उपलब्ध हुनेछ । 

यसैगरी डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आइपिटिभी प्याक उपलब्ध गराउने भएको छ । यसमा एक महिनाका लागि सेवा लिंदा ५० एमबिपिएसको रु. ५,१७८ मा, ८० एमबिपिएसको रु. ६,६७८ मा र १०० एमबिपिएसको रु. ८,१७८ मा उपलब्ध हुनेछ । ३ महिनाको सेवा लिंदा ५० एमबिपिएसको रु. १४,५२३ मा, ८० एमबिपिएसको रु. १८,४२३ मा र १०० एमबिपिएसको रु. २१,९२३ मा उपलब्ध हुनेछ । एक वर्षको सेवा लिंदा ५० एमबिपिएसको रु. ३१,३०९ मा, ८० एमबिपिएसको रु. ३९,३०९ मा र १०० एमबिपिएसको रु. ४७,३०९ मा उपलब्ध हुनेछ । यस प्याकको खरिदमा एसटिबीको शुल्क समावेश गरिएको छैन । 

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415#​​ डायल गर्नुपर्नेछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np  मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया