दशैंमा ७२ लाख एसएमएस मार्फत शुभकामना आदानप्रदान

२ बर्ष अगाडि

काठमाडौं - दशैंमा मोबाइल सेवाप्रदायक कम्पनी नेपाल टेलिकमको सिम प्रयोग गरी व्यक्तिगतरुपमा ७२ लाख मानिसले एसएमएस मार्फत शुभकामना आदानप्रदान गरेका छन । 

नेपाल टेलिकमका अनुसार फुलपातीदेखि एकादशीसम्म ७२ लाख ५० हजार एक सय जनाले मोबाइल एसएमएस प्रयोग गरेर शुभकामना व्यक्त गरेका हुन् ।

गत बर्ष यो समयमा एसएमएस प्रयोग गर्नेको सङ्ख्या करोडमाथि भएपनि पछिल्ला बर्षहरुमा मोबाइल एसएमएस मार्फत म्यासेज पठाउनेको संख्यामा गिरावट आएको छ ।

म्यासेजन आदानप्रदानको दर घटेको भएपनि मोबाइल म्यासेजको विश्वास नेपाली ग्राहक माझ अझै रहेको अधिकारीको भनाई छ । ओभर दि टप सेवाको प्रयोगले मोबाइल भ्वाइस कल, अन्तराष्ट्रिय कलबाट हुने आम्दानी ५० प्रतिशत गुमाउदै गएका छन ।

२ बर्ष अगाडि

प्रतिक्रिया