एमडिएमएस लागू नभएको भन्दै मोवाइल आयातकर्ताको आपत्ति

शुक्रबार, ०५ कार्तिक २०७८, ०७ : १३

काठमाडौं - मोवाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडिएमएस) लागू गर्ने सरकारको निर्णय अझै कार्यान्वयन हुन नसकेकोप्रति मोवाइल फोन आयातकर्ताले आपत्ति जनाएका छन् ।
 
सरकारले अवैध मोवाइलमा रोक लगाउन गत साउन १ गतेदेखि लागू गर्ने भनिएको सो प्रणाली तीन महिना बित्दा पनि अझै कार्यान्वयन गर्न नसकेकोमा मोवाइल फोन इम्पोटर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले आपत्ति जनाएका हुन्। 

उनले सो निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गरी नेपालमा मोवाइल व्यवसायलाई राम्रो ढंगले अघि बढाउने वातावरण बनाउन सरकारलाई दबाब समेत दिए । उनले आश्वासन दिएर बारबार टार्नेमात्र काम भएको बताए । 

शुक्रबार, ०५ कार्तिक २०७८, ०७ : १३

प्रतिक्रिया