काठमाडौं । डिसहोम फाइबरनेटले ४० एमविपिएस इन्टरनेट जडानमा आईपीटिभी सित्तैमा दिने योजना “काईदाको फाइबरनेट मा फाईदाको आईपीटिभी” सार्वजनिक गरेको छ ।
यो योजना अन्तर्गत डिसहोम फाइबरनेटको ४० एमबिपीएसको सेवा लिने नयाँ ग्राहकहरुले वार्षिक भुक्तानीमा आईपीटिभी सित्तैमा पाउनेछन् । साथै डिसहोम फाइबरनेट ले यस अघि नै १०० एमविपिएस को इन्टरनेट मात्र ८९९ रुपैयाँमा ग्राहकलाई उपलब्ध गराईरहेको छ ।
डिसहोम फाइबरनेटको ४० एमविपिएसको एकवर्षको लागि ग्राहकले भ्याट बाहेक १२ हजार ९९९ रुपैयाँ खर्चनुपर्ने हुन्छ । ग्राहकले यसबापत इन्टरनेट र आईपीटिभीको वार्षिक सस्क्रिब्सनका साथै आवश्यक राउटर, सेटअप बक्स, ड्रप वायर र जडान सेवा सबै निशुल्क पाउनेछन् ।
प्रतिक्रिया