दराजको ४७ भन्दा धेरै सहरमा सेवा विस्तार, ग्रामीण क्षेत्रमा पनि प्रवेश गर्ने निर्णय

सोमबार, ०८ कार्तिक २०७८, १३ : १५

काठमाडौं, नेपालको अग्रणी अनलाइन बजार दराजले आगामी महिनामा देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको छ।

सन् २०१८ मा अलिबाबाद्वारा कम्पनीको अधिग्रहणपछि दराजको मुख्य उद्देश्य भने एक देशव्यापी रसद पूर्वाधार निर्माण गर्न रहेको छ। यसमार्फत दराजले केवल देशभर आफ्नो पदचिह्न बढाउन सफलमात्र नभई देशमा एक राम्रो ई–कमर्स पारितन्त्रको निर्माण गर्न मद्दत पुर्याउनेछ।  यो उद्देश्य फलदायी रहेको देखिन्छ किनकि हाल दराजले नेपालका ४७ भन्दा बढी सहरमा आफ्नो डेलिभरी सेवा विस्तार गरिसकेको छ।

नेपालको विविध भूगोलले दराजजस्ता ई–कमर्स कम्पनीहरूका लागि धेरै कठिनाइ प्रस्तुत गर्दछ। जसमध्ये प्रमुख मुद्दा भनेको उपयुक्त सडक नेटवर्कको अभाव रहेको छ। 

देशभरका प्रमुख सहरहरुलाई एक आपसमा जोड्ने उपयुक्त सडक नेटवर्कको अभावमा कुनै पनि प्रकारको सामान र सेवाहरुको वितरणमा धेरै समस्याहरु आउँदछ। येही मुद्दालाई सम्बोधन गर्नका लागि दराजले प्रत्येक वर्ष एउटा विशिष्ट इलाकासंग परिचित वितरणकर्मीहरुसँग साझेदारी गर्दै आएका कम्पनीले जनाएको छ। यी  वितरणकर्मी वा ‘डेलिभरी हिरोजÞ’हरुले कम्पनीलाई कुनै पनी उत्पादनहरु देशभरको विभिन्न भागहरुमा वितरण गर्न मद्दत गर्दछन्।

हाल दराजको देशभर १५ वटा डेलिभरी हब छन्।  यी हबहरुबाट नै ग्राहकको उत्पादनहरु वितरण गरिन्छ। 

सन् २०१८ मा अलिबाबाद्वारा दराजको अधिग्रहण हुने समयमा नेपालमा रसद संचालन (लोजिस्टिक अपरेसन) धेरै आधारभूत थियो। ठूलो रुपमा कार्यभार उठाउन सक्ने धेरै डेलिभरी कम्पनीहरू थिएनन्। नतिजास्वरूप, दराजले नेपालको पहिलो ई–कमर्स डेलिभरी कम्पनी ‘दराज एक्सप्रेस’का रूपमा आफ्नै समाधान निकाल्यो। दराज एक्सप्रेसको माध्यमबाट, दराजले भण्डारण र गुणस्तर नियन्त्रण मार्फत ग्राहकहरुको लागि राम्रो रसद (लोजिस्टिक) अनुभव सुनिश्चित गर्न सफल भएको छ। 

सोमबार, ०८ कार्तिक २०७८, १३ : १५

प्रतिक्रिया