काठमाडौैं - सोनी पिक्चर्स नेटवक्र्स ईण्डियाको लोकप्रिय ओटीटी प्लाटफर्म, सोनी लाइभले टेलिनेट प्रा. लि. सँग नेपालमा सब्सक्रिप्सन वितरण गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङ च्यानल मार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।
यो ओटीटी प्लाटफर्म आईओएस, एण्ड्रोइड र वेवमा उपलब्ध छन् र यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामाग्रीहरुको ठूलो भण्डार समावेस रहेको छ ।
नेपालका ग्राहकहरुले www.gfsarena.com वेवसाइटमा गई सोनी लाइभको सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट – ई–सेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सकिन्छ ।
नेपालमा पहिलो पटक विश्वविख्यात अनडिमाण्ड ओटीटी प्लाटफर्म सोनी लाइभले टेलिनेट प्रा. लि. सँग मिलेर आफ्नो सेवा विस्तार गरेको हो । यो एक आधिकारिक वितरक – पुनविक्रेता हो । सोनी लाइभका सव्सक्राइबरहरुले वेवसिरिज, चलचित्र, अन्तर्राष्ट्रिय सामाग्री, विशिष्ट खेलकुद सामाग्री, आदि यही प्लाटफर्म मार्फत हेर्न सक्नुहुनेछ । प्रयोगकर्ताहरुले यी सामाग्रीहरु मोबाइल डिभाइसहरुमा साथै टि.भीमा हेर्न सक्नुहुनेछ भने कुनै पनि सदस्यले ५ वटा सम्म प्रोफाइल बनाउन पाउने छन् ।
रमेश कर्पको इकाई टेलिनेट प्रा. लि. नेपालमा स्थापित आइटि कम्पनी हो जसले टेलिकम अपरेटरहरुलाई थप सुविधाका साथै एप्लिकेसन डेभलप्मेन्ट, क्लाउड कम्पयुटिङ्ग, एमहेल्थ र नेपालमा एसएमएस र टेलिभोटिङ्ग प्लाटफर्म उपलब्ध गराउँदछ ।
रमेश कर्प नेपालको एक अग्रणी कम्पनि हो र म्यानुफ्याक्चरिङ्ग डिभाईस, बैकिङ्ग तथा बीमा, खानी, जलविद्युत, सुचना प्रविधि, सवारी साधन र विद्युतीय उपभोग्य साधन जस्ता धेरै क्षेत्रहरुमा विस्तारित कम्पनीहरुको एक समूह हो ।
प्रतिक्रिया