काठमाडौं - संसारकै ठूलो सामाजिक सञ्जाल फेसबुकले तीन महिनामा ९ अर्ब अमेरिकी डलर नाफा कमाएको छ । फेसबुकले सेप्टेम्बरसम्मको तीन महिनामा ठूलो नाफा कमाएको हो ।
अघिल्लो वर्षको यही अवधिमा उसको नाफा ७ दशमलब ८ अर्ब डलर थियो । एक पूर्वकर्मचारीले फेसबुकले नाफामुखी भएको र अनैतिक व्यवहार गरेको आरोप लगाइरहँदा उसको नाफा भने बढिरहेको छ ।
एक महिनाअघि पूर्वकर्मचारी फ्रान्सिस् हाउगनले फेसबुकले प्रयोगकर्ताको सुरक्षा भन्दा आफ्नो नाफामा ध्यान दिएको आरोप लगाएकी थिइन् ।
फेसबुकका प्रयोगकर्ता एक वर्षमा ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेका छन् ।
प्रतिक्रिया