ओपोद्वारा ‘ओपो तिहार अफर २०७८’ उपहार योजनाको घोषणा

आइतबार, १४ कार्तिक २०७८, १६ : ३७

काठमाडौं, वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले नेपाली महान चाड तिहारको अवसरमा ‘ओपो तिहार अफर २०७८ ’, उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् । 
 
‘ओपो एक ग्लोबल कम्पनी हो । ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । हाम्रा लागि  नेपाल विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाडहरु उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले समय समयमा विभिन्न उपहार योजनाहरुको घोषणा गर्दै आइरहेका छौँ । ओपो तिहार योजना यसैको एक अभिन्न अंग हो ।’, ओपो नेपालका ब्राण्ड डायरेक्टर, पियरसन शेनले भने ।

क्याम्पेन अवधिभर कुनैपनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले तिहार उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले, opponepalcampaigns.com  मा सिधै लगअन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ । यसरी सहभागीहरु मध्यबाट लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एन्को डब्ल्यू ५१, ओपो ब्याण्ड, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ ।

ओपो तिहार अफर, उपहार योजना नोवेम्बर १ देखि नोवेम्बर ७ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

आइतबार, १४ कार्तिक २०७८, १६ : ३७

प्रतिक्रिया