नेपालमा प्रमुख १० ब्राण्डको स्मार्टफोन आयात, एमआईको हिस्सा १३ प्रतिशत हुँदा अन्यको कति ?

आइतबार, २८ कार्तिक २०७८, १३ : ४४

काठमाडौं - नेपाली स्मार्टफोन बजारमा प्रयोगकर्ताको हिसावले अहिले  एमआई मोबाइलको हिस्सा सबैभन्दा बढी छ । मोबाइल फोन आयातकर्ता संघका अनुसार हाल बजारमा प्रयोग हुने मोबाइलमा एमआई सबैभन्दा धेरै रहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्बजनिक गरेको २०७७/०७८को बार्षिक प्रतिवेदनमा आईटेल र एमआई ब्रान्डका मोबाइल सबैभन्दा बढी आयात भएको दखाएको छ । तथ्याङ्क अनुसार नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा आयात भएका मोबाइल ब्राण्डहरुमध्ये सबैभन्दा धेरै आईटेल ब्राण्डको रहेको छ ।

आईटेल ब्राण्डका मोबाइल फोनहरु नेपालको कुल आयातको १७ प्रतिशत हिस्सा ओगटेको देखिएको छ । जुन गत आर्थिक बर्षमा भित्रिएको स्मार्टफोनको तुलनमा सबैभन्दा धेरै आयात हो ।

त्यसैगरी गत बर्ष आयात भएको मोबाइल फोन मध्ये  एमआई दोस्रो नम्बरमा छ । नेपाली बजारमा आयात हुने फोनमध्ये एमआईको हिस्सा १३ प्रतिशत रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै तेस्रो स्थान लाभा फोनले लिएको छ । बार्षिक प्रतिवेदन अनुसार कुल स्मार्टफोन आयातको १२ प्रतिशत हिस्सा लाभाले लिएको छ । लाभाको किप्याड फोन बढी लोकप्रिय छ ।

तेस्रो स्थानमा रहेको सामसुङको अवस्था गत बर्ष चौथो स्थानमा पुगेको छ । नेपालमा धेरै आयात हुने ब्राण्डहरुमध्ये सामसुङले ८ प्रतिशत हिस्सा लिएको छ । त्यसैगरी ७ प्रतिशत हिस्सासहित पाँचौं स्थानमा कलर्स र ट्याम्बो रहेका छन भने भिभोले ३ प्रतिशत आयात हिस्सा ओगटको तथ्याङ्क छ ।

त्यस्तै,पछिल्लो समय शंकर ग्रुपले रियलमी मोबाइल विक्री वितरण गर्न थालेपछि रियलमीले आक्रामक बजार विस्तार गर्दै गएको छ । यो ब्रान्ड अहिले नेपालमा आयात हुने मोबाइल फोन मध्ये १० औं सूचीमा पर्छ ।

तथ्यांकअनुसार यी प्रमुख १० ब्राण्डहरुले नेपालमा कुल आयात हुने फोनको कुल ७३ प्रतिशत हिस्सा ओगटेका छन्  बाँकी २७ प्रतिशत हिस्सा अन्य मोबाइल ब्राण्डको रहेको छ ।

आइतबार, २८ कार्तिक २०७८, १३ : ४४

प्रतिक्रिया