विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमी अब नेपालमा पनि सबैभन्दा छिटो अघि बढ्ने स्मार्टफोन बनेको छ।
क्यानालिसमा प्रकाशित रिपोर्टअनुसार २०२१ कोे तेस्रो क्वाटरमा तेस्रो स्थानमा रहेको रियलमीको सबैभन्दा ठूलो जित मानिएको छ। यस रिपार्टअनुसार नेपालमा रियलमीले अघिल्लो क्वाटरको तुलनामा २५७ प्रतिशत ले वृद्धि गर्दै यो क्वाटरमा सबैभन्दा धेरै वृद्धि देखाएको छ। पछिल्लो क्वाटरमा अनुमानित सेल–इन स्मार्टफोन ढुवानीअन्तर्गत यो रिपोर्ट अध्ययन गरिएको थियो।
हाल नेपाली बजारमा रियलमीले १४ प्रतिशत हिस्सा ओगटेको छ। अघिल्लो क्वाटरको तुलनामा यो क्वाटरमा रियलमीले २५७ प्रतिशतको स्मार्टफोन ढुवानी वृद्धि गर्दै सबैभन्दा सफल स्मार्टफोन ब्रान्ड बनेको हो। सामसङले तेस्रो क्वाटरमा स्मार्टफोन ढुवानीमा ३९ प्रतिशतको वार्षिक गिरावटको सामना गरेको छ।
यसैगरी शाओमीले सोही अवधिमा ५५ प्रतिशतको गिरावटको सामना गर्नुपरेको छ। यस गिरावटपश्चात् पनि यी दुवै स्मार्टफोनहरु क्रमशः ३९ प्रतिशत र २४ प्रतिशतको नेपाली बजार हिस्सा ओगटेर ठूलो ब्रान्ड मै यथावत रहेका छन्।
नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोबाइल्सका साथमा रियलमीले नेपालमा २०१९ मा डेब्यू गरेको थियो। अप्रतिस्पर्धी मूल्य निर्धारणका कारण यो नेपालमा सफल हुन सकेको थिएन। यसपछि कम्पनीले नेपालमा आफ्नो रणनीति परिवर्तन गर्ने निर्णय गरेको थियो।
रियलमीले फेरि शंकर ग्रुपको साथमा नेपाल प्रवेश गर्दै प्रतिस्पर्धी मूल्य राख्ने वाचा गरेको थियो।
पछिल्लो क्वाटरमा रियलमीको सबैभन्दा ठूलो उत्पादनहरुमा रियलमी ८आई, रियलमी सी२१वाई, रियलमी सी२०, रियलमी सी२१ र रियलमी सी११ पर्दछन्। यिनीहरुले शक्तिशाली ब्याट्री, मेगा डिस्प्ले र सुन्दर फोटो जस्ता गुणात्मक विशेषताहरुका साथ उक्त स्थान प्राप्त गरेको हो।
हाल रियलमीले जिटी नियो २ जस्ता डिभाइसहरुसँग आफ्नो पोर्टफोलियो विस्तार गरेको छ।
सन् २०२२ सम्ममा नेपालको दोस्रो ठूलो स्मार्टफोन ब्रान्ड बन्ने रियलमीले योजना राखेको छ।
प्रतिक्रिया