नोकिया ६३१० को घोषणा

बुधबार, ०१ मंसिर २०७८, १५ : ०३

एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले ब्रान्ड–न्यू नोकिया ६३१० को घोषणा गरेको छ । 

यस उपकरणले २.८ इन्च स्क्रिनको साथ नोकिया ६३१० को ओरिजिनल र आइकोनिक सिल्हूटलाई प्रस्तुत गर्दछ जसमा एक्सेसिबिलिटीको सुविधाहरू, लामो ब्याट्री जीवन, बिल्ट टु लास्ट कडा शरीर र पहिलेको प्रसिद्ध स्नेक गेम उपलब्ध रहेको छ । 

ओरिजनल्स परिवारको यो सबैभन्दा नयाँ सदस्यले प्रख्यात नर्डिक बिल्ड–क्वालिटीमा र्याप गरिएको कनेक्टिभिटी र एक्सेसिबिलिटीको सुविधाहरू उपलब्ध गराउँदछ । यसमा पुनः डिजाइन गरिएको कभ्र्ड स्क्रिनको साथ क्लासिक रेट्रो उपलब्ध रहेको छ जसले थप स्पष्टताका साथ हेर्न मद्दत गर्दछ ।

यस्तै अल न्यू जुम इन मेनुहरूले नोकिया ६३१० लाई सरल र प्रयोग गर्न सजिलो बनाउँछ । पोली कार्बोनेट शेलको मद्दतले नोकिया ६३१० लाई आधुनिक दैनिक जीवनलाई प्रयोग गर्नको लागि पर्याप्त बलियो बनाएको छ ।

नोकिया ६३१० लाई ताजा र पुनः आविष्कार गरिएको छ जसले स्क्रिन टाइमलाई पहिले भन्दा धेरै सहज र रमाइलो बनाउँछ । ठूला पुश बटनहरू र एम्पल डिस्प्लेको साथ, तपाईंले मेसेजहरू पढ्न, प्रियजनहरूसँग कनेक्ट हुन वा आफ्नो मनपर्ने एप्लिकेसनहरू सजिलै र गतिमा फेला पार्न सकिनेछ ।

बुधबार, ०१ मंसिर २०७८, १५ : ०३

प्रतिक्रिया