दस बर्ष अघिको ड्राइभिङ लाइसेन्स प्रणालीलाई अपग्रेड गर्न नसक्दा यातायात सेवा नै प्रभावित

विहीबार, ०२ मंसिर २०७८, ०९ : २६

काठमाडौं - दस बर्ष अघिको ड्राइभिङ लाइसेन्स प्रणालीलाई अपग्रेड गर्न नसक्दा पुरानै भर्सनको सिस्टमले यातायात व्यवस्था विभाग र यातायात कार्यालयहरुको सबै प्रणाली प्रभावित बनाएको छ ।

हाल सबै यातायात कार्यालयमा ओभर लोडका कारण सिस्टम नै काम नलाग्ने अवस्थामा छ । एक दशक भन्दा बढी पुरानो प्रणालीलाई नयाँमा रुपान्तरण गर्न नसक्दा पटक पटक सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।

चालक अनुमति पत्र सिस्टम गत कार्तिक ९ गतेबाट खुलेपछि मात्रै करिब ५ पटक भन्दा बढी प्रणाली नै डाउन भइसकेको छ । हाल सेवाग्राहीको बढी चाँप भएका कारण ओभर लोड भन्दै बिहान १० देखि ५ बजेसम्म सबै प्राणाली बन्द गरेर राखेको छ ।

सिस्टम ह्यान्डओभर भएपछि त्यसलाई मर्मत गरेर तत्काललाई चलाउने र अर्को बर्ष नयाँ प्रविधि मार्फत ड्राइभिङ लाइसेन्स प्रणालीलाई बनाएर डिजाइन गर्ने तयारी छ ।

हाल अफिस टाइममा बन्द गरिएको सिस्टम पनि एक हप्ता भित्र समस्याको समाधान हुने पोखरेलको दाबी छ । मर्मत भएपछि पनि नयाँ सिस्टम नबनेसम्म बन्द हुने र अभरलोड हुने समस्या आइरहन्छ ।

विहीबार, ०२ मंसिर २०७८, ०९ : २६

प्रतिक्रिया