काठमाडौं - नेपाल टेलिकम कुल बजार पूँजीकरणमा सर्वाधिक ठुलो हिस्सा ओगट्ने कम्पनी बनेको छ । टेलिकमले कुल बजार पूँजीकरणको हिसावले ठुलो कम्पनी बन्न सफल भएको हो ।
साताको अन्तिम कारोबार दिन विहिबार नेपाल टेलिकमको २ अर्ब १५ करोड ७० लाख रुपैयाँ रहेको छ । धितोपत्र दोस्रो बजारमा नेपाल दुरसञ्चार कम्पनीको १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ ।
साताको अन्तिम कारोबार दिन नेपाल दुरसञ्चार कम्पनीको प्रतिकित्ता १ हजार ४३८ रुपैयाँ सेयर मूल्य कायम भएको छ ।
यो साता टेलिकमको सेयरमूल्य प्रतिकित्ता ३१४ रुपैयाँ ले बढेको छ । गत सातासम्म कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा नबिल बैंकलेनै ओगटेको थियो । यो साता टेलिकमको सेयरमूल्य साताको तेस्रो र चौथो दिन सर्किट लेभलमा बढेको हो ।
प्रतिक्रिया