काठमाडौं, अब प्रयोगकर्ताले सेवा लिइरहेको टेलिकम कम्पनी मन नपरे अथवा फरक कम्पनीको सेवा लिनु परेमा नम्बर नफेरी सेवा लिन सक्ने भएका छन । नियामक दूरसञ्चार प्राधिकरणले मोबाइल नम्बर पोर्टेबिलीटि एमएनपी सम्बन्धी नियमावली २०७८ जारी गर्दै यस्तो सुविधा लिन पाउने कानुनी व्यवस्था मिलाएको हो ।
मोबाइल नम्बर पोर्टेबिलिटी सेवा (एमएनपि सेवा)भन्नाले नेपालमा मोबाइल भ्वाइस सेवा प्रयोग गरिरहेका उपभोक्तालाई आफ्नो नम्बर परिवर्तन नगरी सेवा प्रदायक परिवर्तन गर्न सक्ने सुविधा हो । यो सेवामा ग्राहकले बदलेको नयाँ सेवा प्रदाकयले सीमकार्ड उपलब्ध गराउनेछ । तर,मोबइल नम्बर भने पुरानै सेवा प्रदायकको नै हुनेछ विनियमावलीमा उल्लेख छ ।
सरकारले यो सेवा दिने गरी कुनै एक कम्पनीलाई नम्बर पोर्ट्याबिलिटी क्लियरिङ हाउसका रुपमा अनुमति पत्र दिने छ । त्यसका लागि चाहने पूर्वाधारको स्थापना,सञ्चालन, व्यवस्थापन,समन्वय र मर्मत लगायतका काम सो कम्पनीको हुनेछ ।
यस्तो अनुमति पाएको कम्पनीले नेपालका मोबाइल सेवा प्रदायकलाई नम्बर पोर्टिङका लागि सहयोग तथा समन्वय गर्नेछ ।
कसरी लिने सेवा ?
सेवाग्राहीले आफूले पोर्टिङ गर्न चाहेको प्रापक ९आफ्नो भन्दा फरक० सेवा प्रदायककोमा गएर निवेदन दिनुपर्ने छ । प्रापक सेवा प्रदायकले योग्य उपभोक्ताको नम्बर मात्रै पोर्टिङ सुविधाका लागि छनोट गर्नुपर्ने छ ।
यो सेवाका लागि नयाँ कम्पनीको सेवा लिन पुरानो सेवाप्रदायकको सेवा लिन थालेको तीन महिना पुरा हुनुपर्ने छ । यो विनियमावली अबको ६ महिना भित्र कार्यान्वयन हुने दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया